''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


विजया दशमी तथा शुभ दिपावली २०८१ को पावन अवसरमा शुभकामना आदान प्रदान तथा सरसफाई कार्यक्रम सम्पन्न

 विजया दशमी तथा शुभ दिपावली २०८१ को पावन अवसरमा जागृत साकोस सल्यानले आज मिति २०८१ असोज १७ गते शुभकामना आदान प्रदान तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।



संस्थाका का.वा. अध्यक्ष्य ज्ञान प्रकाश शर्माको अध्यक्षता निवर्तमान अध्यक्ष किशोर कुमार हमालको प्रमुख आतिथ्यतामा संचालक समिति, लेखा समितिका पदाधिकारी तथा सदस्यहरु तथा अन्य उपसमितिका संयोजक तथा सदस्यहरु र कर्मचारी लगाएत शेयर सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो ।
संस्थाका सचिव कल्पना सेजवालको सन्चालन मा भएको कार्यक्रमका अवसरमा संस्थाको भवन वरपर, सार्वजनीक स्थानहरु मन्दिर, चौतारी तथा वाटो सरसफाई गरिनुका साथै सार्वजनीक स्थान तथा घरवरपर फोहोरहरु जथाभावी नफाल्न समेत स्थानियवासीहरुलाई अनुरोध गरियो ।










Share:

No comments:

Post a Comment

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.