२०८३ कार्तिक १४ गते जागृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१औँ वार्षिक साधारणसभा संस्थाका अध्यक्ष ज्ञानप्रकाश शर्माको अध्यक्षता तथा संस्थाका निवर्तमान अध्यक्ष किशोर कुमार हमालको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमसहित भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।
सभामा संस्थाका सचिव कल्पना सेजवालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रविण भण्डारीले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक हेमराज थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्यहरू देव कुमारी शाही र मान सिङ्ह रोकालाई सम्मान गर्नुका साथै , (SEE) मा उत्कृष्ट अंक हासिल गर्ने छात्रछात्राहरू सुदिप शर्मा ,सिम्रन बिष्ट र बिजेता भन्डारी र सुमित्रा जागृत स्मृती कोष अन्तर्गत सपना परियार लाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। भने सस्थाको संचालक समितिको तर्फबाट सचिव कल्पना सेजवाल र सल्लाहकार समितिको तर्फबाट पुर्ण ब के सि लाई समेत सम्मान गरुएको थियो !
कार्यक्रमको सञ्चालन संस्थाका सचिव कल्पना सेजवालले गर्नुभएको थियो भने स्वागत मन्तव्य करुणा शर्माले व्यक्त गर्नुभएको थियो।
यस सभालाई भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न गर्न अमूल्य सहयोग, साथ र योगदान पुर्याउनुहुने सञ्चालक समिति, अन्य समिति तथा उपसमितिका पदाधिकारी एवं सदस्यहरू, प्रमुख अतिथि तथा सम्पूर्ण अतिथिहरू, संस्थाका आदरणीय शेयर सदस्यहरू, कर्मचारीहरू र सभास्थल उपलब्ध गराउनुहुने श्री माध्यमिक विद्यालय पिपलनेटाका सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।
यहाँहरूको साथ, सहयोग र विश्वासले नै संस्थाको प्रगति र सफलताको यात्रालाई थप ऊर्जा प्रदान गरेको छ। आगामी दिनमा पनि यस्तै साथ, सहयोग र सद्भावको अपेक्षा गर्दछौँ।


















































No comments:
Post a Comment