Beautiful landscape

''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


१११ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवश विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न ।

 

जागृत वचत तथा ऋण सहकारी संस्था लिमिटेड शारदा नगरपालिका वडा नं. ४ साहुटोल सल्यानको महिला शशक्तिकरण उप समितिको आयोजनामा “महिलाको सम्मान हाम्रो ध्यानः महिलालाई प्राविधिक सिप र ज्ञान, महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ १११ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवश विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न भयो ।
कार्यक्रमको शुरुवातमा संस्थाका सदस्यहरुद्धारा व्यानर सहितको र्याली साहुटोल वजार परिक्रमा गरिएको थियो ।
संस्थाका महिला शशक्तिकरण उप समितिका संयोजक सर्मिला डाँगी वलीको अध्यक्षता तथा संस्थाका अध्यक्ष किशोर कुमार हमालको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा संस्थाको महिला शशक्तिकरण उप समिति सदस्य सनिता शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका ६५ वर्ष माथिका जेष्ठ नागरिक १६ जना महिला शेयर सदस्यहरुलाई सम्मान गरियो ।
संस्थाका महिला शेयर सदस्यहरुका विच संचालन कार्यक्रममा घैंटो फोड, तातो आलु, प्रतियोगिता गरि प्रतियोगितामा विजयी सदस्यहरुलाई पुरस्कार वितरण गरियो ।
त्यसैगरि संस्थाका सदस्यहरुवाट नृत्य, गित, कविता प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष किशोर कुमार हमाल, उपाध्यक्ष ज्ञान प्रकाश शर्माले दिवशका अवसरमा आफ्नो भनाई राख्नु भएको थियो ।
त्यस्तै, सल्यानको श्रीनगरमा एक कार्यक्रमलाई सम्वोधन गर्न जाने क्रममा सल्यानको साहुटोलमा, जागृत साकोस ले आयोजना गरेको १११ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिशको अवसरमा संस्थाका संस्थापक सदस्य एवं कर्णाली प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्री प्रकाश ज्वालाले १११ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै सवै महिलाहरुले आफ्नो हक र अधिकारका लागि महिला माथि हुने अनेक अपराधजन्य घटनाहरुलाई परास्त गर्न आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको संचालन संस्थाका सचिव कल्पना सेजवालले गर्नुभएको थियो ।







 
Share:

1 comment:

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.