Beautiful landscape

''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


नव वर्ष २०७८ को क्यालेण्डर लोकार्पण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

२६ चैत्र २०७७

   जागृत वचत तथा ऋण सहकारी संस्था शारदा नगरपालिका ४ साहुटोल सल्यानले नव वर्ष २०७८ सालको भित्ते पात्रो लोकार्पण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

     संस्थाका अध्यक्ष किशोर कुमार हमालको अध्यक्षता तथा शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ सल्यानका अध्यक्ष, शारदा नगरपालिका वडा नं २, , ४ र ५ का वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अधिकारीले संस्थाले गरेको कार्यप्रति प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक कार्यका साथै संस्थाका सदस्यहरूका लागि सदस्य केन्द्रित कार्यहरु गर्न सुझाव दिदै नववर्षको शुभकामना व्यक्त गर्नुभयो ।

नगर प्रमुख मन्तव्य व्यक्त गर्दै

   कार्यक्रममा अतिथिहरु जिल्ला सहकारी संघ सल्यानका अध्यक्ष तथा शारदा नगरपालिका वडा नं २ का अध्यक्ष केशव सिंह श्रेष्ठ, ३ नं वडा अध्यक्ष टोप वहादुर थापा, ४ नं वडा अध्यक्ष सुधन विष्ट, ५ नं वडा अध्यक्ष प्रदिप शाही जेष्ठ सदस्य कल्याणकारी मंचका संयोजक भोलानाथ खड्गी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

         संस्थाका उपाध्यक्ष ज्ञान प्रकाश शर्माको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिव कल्पना सेजवालले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संचालक, लेखा, सल्लाहकार लगाएत अन्य उप समितिका पदाधिकारी, कर्मचारी तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो । जागृत साकोसका अध्यक्ष किशोर कुमार हमालले, संस्थाले निर्माण गरेको क्यालेण्डरमा शुभकामना विज्ञापन दिने सम्पूर्णलाई धन्यवाद दिदै शुभकामना व्यक्त गर्नु भयाे भने क्यालेण्डर विक्री तथा शुभकामना विज्ञापनवाट संकलित रकम जेष्ठ सदस्य अक्षयकोषमा जम्मा गरि संस्थाका जेष्ठ सदस्यहरुको हितका लागि खर्च गर्ने क्यालेण्डर निर्माण कार्यदलका संयोजक तथा संस्थाका सचिव कल्पना सेजवालले जानकारी दिनुभयो ।

शारदा न.पा. वडा नं २ अध्यक्ष केशव सिंह श्रेष्ठ मन्तव्य राख्दै
शारदा न.पा. वडा नं ३ अध्यक्ष टाेप वहादुर थापा मन्तव्य राख्दै

शारदा न.पा. वडा नं ४ अध्यक्ष सुधन विष्ट मन्तव्य राख्दै
शारदा न.पा. वडा नं ५ अध्यक्ष प्रदिप शाही मन्तव्य राख्दै

जागृत साकाेसका अध्यक्ष किशाेर कुमार हमाल मन्तव्य राख्दै

जागृत साकाेसका उपाध्यक्ष ज्ञान प्रकाश शर्मा स्वागत मन्तव्य राख्दै

जागृत साकाेसका जेष्ठ स.क.म. संयाेजक मन्तव्य राख्दै





शारदा नगर प्रमुख ज्युवाट क्यालेण्डर लाेकार्पण

















Share:

No comments:

Post a Comment

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.