Beautiful landscape

''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


६४ औं राष्ट्रिय सहकारी दिवश सम्पन्न ।

 २० चैत्र २०७७ , जागृत वचत तथा ऋण सहकारी संस्था शारदा नगरपालिका ४ साहुटोल सल्यानले “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने मूल नाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवश विभिन्न कार्यक्रमका साथ मनाएको छ ।



दिवशका अवसरमा संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका माध्यामिक विद्यालयहरुका विच अन्तर मा.वि.  स्तरिय हाजिरी जवाफ प्रतियोगिता संचालन गरेको थियो । प्रतियोगितामा शारदा नगरपालिका भित्रका, त्रि.ज.मा.वि. लुहापिङ , एम.एम. ऐकेडेमी खलंगा, ज्योतिपुञ्ज ऐकेडेमी सेजवालटाकुरा, म.र.मा.वि पिपलनेटा, त्रि.ज. मा.वि मार्के र म.र.मा.वि. हिवल्चा गरी जम्मा ६ वटा विद्यालयहरुको सहभागिता रहको थियो ।
प्रतियोगितामा एम.एम.ऐकेडेमी प्रथम, ज्योतिपुञ्ज ऐकेडेमी द्धितिय र म.र.मा.वि. पिपलनेटाले तृतिय स्थान हाँसिल गर्न सफल भएका छन । प्रतियोगिहरुलाई नगद तथा स्टेशनरी पुरस्कार वितरण गरिएको छ ।


संस्थाका अध्यक्ष किशोर कुमार हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला सहकारी संघ सल्यानका अध्यक्ष केशव सिंह श्रेष्ठको रहेको थियो । संस्थाका उपाध्यक्ष ज्ञान प्रकाश शर्माको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन संस्थाका संस्थाका सचिव कल्पना सेजवालले गर्नुभएको थियो ।

त्यसैगरी, संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार समिति संयोजक कृष्ण वहादुर श्रेष्ठ र जेष्ठ सदस्य कल्याणकारी मञ्चका संयोजक भोलानाथ खड्गीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका शेयर सदस्यहरु, संचालक तथा विभिन्न उप समितिका पदाधिकारी र विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


Share:

No comments:

Post a Comment

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.