Beautiful landscape

''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


जागृत साकोसको २६ औं वार्षिक साधारण सभा सम्पन्न ।

 

जागृत साकोसको २६ औं वार्षिक साधारण सभा सम्पन्न ।
यस जागृत वचत तथा ऋण सहकारी संस्था शारदा न.पा . ४ साहुटोलको २६ औं वार्षिक साधारण सभा मिति २०७८ कार्तिक २७ गते सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष किशोर कुमार हमालको अध्यक्षता तथा जिल्ला सहकारी संघ सल्यानका अध्यक्ष केशव सिंह श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा समितिका पदाधिकारी सदस्यहरु, अन्य उप समितिका संयोजक एवं सदस्यहरु तथा विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरुको आतिथ्यता रहेको थियो ।
संस्थाका करिव ६५० जना शेयर सदस्य सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, प्रमुख अतिथि तथा अन्य अतिथिहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरि आ.व. ०७७÷०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित योजनाहरु सहितको प्रतिवेदन संस्थाका सचिव कल्पना सेजवालले प्रस्तुत गर्नुभयो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सूर्य वहादुर भण्डारीले प्रस्तुत गर्नु भएको थियो । लेखा सुपरिवेक्षण समितिको तर्फवाट संयोजक हेमराज थापाले प्रतिवेदन प्रस्तुत गर्नुभयो भने, ऋण उप समितिको प्रतिवेदन ऋण संयोजक ज्ञान प्रकाश शर्माले प्रस्तुत गर्नुभयो ।
विगतका वर्षहरु झै यस वर्ष पनि यस जागृत साकोसका संस्थापक सदस्य द्धय भोलानाथ खड्गी र तप्त वहादुर सेजवाललाई सम्मान गरिएको छ । संस्थाका जेष्ठ नागरिक शेयर सदस्यतर्फ उमेर जेष्ठताका आधारमा पुरुष तर्फ शेयर सदस्यता नं. २० का शालिक राम नेपाली र महिला तर्फ शेयर सदस्यता नं.३६ का कृष्ढा खड्गी लाई सम्मान गरिएको छ ।
त्यसैगरि एस.ई.ई. २०७७ मा उत्कृष्ट अंक प्राप्त गर्ने निजि विद्यालय तर्फवाट यस संस्थाका वाल सदस्यता नं १६९ का छात्र राकेश भण्डारी, वाल स.नं. ४ का छात्रा निहारीका केसी र सामुदायिक विद्यालय तर्फवाट वाल स.नं २४६ का छात्रा स्वस्तिका थापालाई एस.ई.ई. २०७७ को प्रमाण पत्र सहित नगद प्रदान गरियो । संस्थाले संचालन गरेको सुमित्रा जागृत स्मृति छात्रवृत्ति वापत महेन्द्र रत्न मा.वि शारदा न.पा ४ पिपलनेटा सल्यानमा कक्षा ८ मा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र निर्मल विष्टलाई उक्त छात्रवृत्ति वापत नगद प्रदान गरियो ।
कर्मचारीको तर्फवाट व्यवस्थापक महेश राज रेग्मीलाई यो वर्ष उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ ।
त्यसैगरि संस्थाको शेयर सदस्यता लक्षित भन्दा वढि वृद्धि गर्ने संचालक समितिका अध्यक्ष किशोर कुमार हमाल, सचिव कल्पना सेजवाल, सदस्यहरु ओम प्रकाश शर्मा, गोमा रावत शर्मा र कर्मचारीहरु हिरा भण्डारी र अनिता थापालाई सम्मान गरिएको छ ।
कार्यक्रममा जागृत साकोसका उपाध्यक्ष ज्ञान प्रकाश शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव कल्पना सेजवाल र सह–सचिव प्रविण कुमार भण्डारीले गर्नुभएको थियो ।




























 
Share:

No comments:

Post a Comment

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.