Beautiful landscape

''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवश

जागृत वचत तथा ऋण सहकारी संस्था लिमिटेड महिला शशक्तिकरण उप समिति शारदा नगरपालिका वडा नं. ४ साहुटोल सल्यानको आयोजनामा २०७८ फाल्गुन २४ गते “सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता” भन्ने मूल नाराका साथ ११२ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न भयो ।

दिवसका अवसरमा गत वर्षझैं यस वर्ष पनि संस्थाका ६५ वर्ष माथिका जेष्ठ नागरिक महिला शेयर सदस्यहरु मध्ये ४ जना लाई सम्मान गरियो । यस वर्ष सम्मानित हुनेहरुमा स.नं. ६०३ का सदस्य शारदा न.पा ४ सेजवालटाकुरा निवासी जुरेली सेजवाल, स.नं.८४१ का सदस्य शारदा न.पा. ४ सेजवालटाकुरा निवासी कृष्ण कुमारी डाँगी, स.नंं ८४२ का सदस्य शारदा न.पा.३ वडाखोला निवासी चैत्र कुमारी भण्डारी र स.नं.८५४ का सदस्य शारदा न.पा. ५ तल्लो मार्के निवासी रवि रेउले रहनुभएको छ ।
कार्यक्रममा घैंटो फोड, तातो आलु, कुर्सी दौड प्रतियोगिता सम्पन्न गरि  विजयीहरुलाई पुरस्कार वितरण गरियो ।
तातो आलु तर्फ सुम्निमा वस्नेत प्रथम, समिक्षा वली थापा द्धितिय र तारा वुढाथोकीले तृतिय स्थान हाँसिल गर्नुभयो ।
त्यस्तै कुर्सी दौड तर्फ तारा वुढाथोकी प्रथम, धनमाया खड्का द्धितिय र दिपा शर्मा भट्टराईले तृतिय स्थान हाँसिल गर्नुभयो भने घैंटो फोड प्रतियोगितामा अशोक वस्नेत विजयी हुनुभयो ।
कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति, सल्लाहकार समिति, शिक्षा उप समिति, जेष्ठ सदस्य कल्याणकारी मन्च, महिला सशक्तिकरण उप समितिका संयोजक तथा सदस्यहरुले आ–आफ्नो शुभ कामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको शुरुवातमा संस्थाका सदस्यहरुद्धारा व्यानर सहितको र्याली साहुटोल वजार परिक्रमा गरिएको थियो ।

संस्थाको महिला सशक्तिकरण उप समितिका सदस्य सनिता शर्माको अध्यक्षता तथा संचालक समितिका अध्यक्ष किशोर कुमार हमालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा महिला सशक्तिकरण उप समितिका सदस्य शुशिला शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन संस्थाका सचिव कल्पना सेजवालले गर्नुभयो ।
























Share:

No comments:

Post a Comment

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.