Beautiful landscape

''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


२७ औं वार्षिक साधारण सभा सम्पन्न

 यस जागृत वचत तथा ऋण सहकारी संस्था शारदा न.पा . ४ साहुटोलको २७ औं वार्षिक साधारण सभा मिति २०७८ मंसिर २४ गते सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष किशोर कुमार हमालको अध्यक्षता, शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यता तथा शारदा नगर उप प्रमुख सुष्मिता सापकोटा सुनारको विशिष्ठ आतिथ्यता तथा शारदा नगरपालिका अन्तर्गत विभिन्न वडाका वडाध्यक्षहरु, संस्थाका संचालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा समितिका पदाधिकारी सदस्यहरु, अन्य उप समितिका संयोजक एवं सदस्यहरु तथा विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो ।
संस्थाका करिव ६०० जना शेयर सदस्य सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, प्रमुख अतिथि तथा अन्य अतिथिहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरि आ.व. ०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा आगामी आ.ब. का प्रस्तावित योजनाहरु सहितको प्रतिवेदन संस्थाका सचिव कल्पना सेजवालले प्रस्तुत गर्नुभयो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सूर्य वहादुर भण्डारीले प्रस्तुत गर्नु भएको थियो । लेखा सुपरिवेक्षण समितिको तर्फवाट सदस्य कृष्ण वहादुर भण्डारीले प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
विगतका वर्षहरु झै यस वर्ष पनि संस्थाका जेष्ठ नागरिक शेयर सदस्यतर्फ उमेर जेष्ठताका आधारमा पुरुष तर्फ शेयर सदस्यता नं. ८४९ का सदस्य शारदा न.पा. ३ वडाखोला सल्यान निवासी दयाराम आचार्य र महिला तर्फ शेयर सदस्यता नं.४४९ का सदस्य शारदा न.पा. ३ वडाखोला सल्यान निवासी रत्न कुमारी रेग्मीलाई सम्मान गरिएको छ ।
त्यसैगरि एस.ई.ई. २०७८ मा उत्कृष्ट जि.पि.ए. प्राप्त गर्ने निजि विद्यालय तर्फवाट यस संस्थाका वाल सदस्यता नं १९३ का शिशिर शर्मा, वाल स.नं. २०३ का छात्रा अप्रेणा केसी र सामुदायिक विद्यालय तर्फवाट वाल स.नं ८३ का छात्रा प्रेरणा सेजवाललाई प्रमाण पत्र सहित नगद प्रदान गरियो । संस्थाले संचालन गरेको सुमित्रा जागृत स्मृति छात्रवृत्ति वापत महेन्द्र रत्न मा.वि शारदा न.पा ४ पिपलनेटा सल्यानमा कक्षा ८ मा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र विप्लप उपाध्यायलाई उक्त छात्रवृत्ति वापत नगद प्रदान गरियो ।
कर्मचारीको तर्फवाट अनिता थापालाई यो वर्ष उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ ।
त्यसैगरि संस्थाको शेयर सदस्यता लक्षित भन्दा वढि वृद्धि गर्ने संचालक समितिको तर्फवाट गोमा रावत शर्मा, अन्य उप समिति तर्फवाट शान्त वहादुर थापा, कर्मचारी तर्फवाट महेश राज रेग्मी र हिरा भण्डारी र साधारण शेयर सदस्यको तर्फवाट केशरी भण्डारीलाई सम्मान गरिएको छ ।
साधारण सभाका अवसरमा शारदा नगरपालिकाका नव निर्वाचित प्रमुख, उप प्रमुख र विभिन्न वडाका वडाध्यक्षहरुलाई प्रमाण पत्र सहित सम्मान गरियो ।
कार्यक्रममा जागृत साकोसका उपाध्यक्ष ज्ञान प्रकाश शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव कल्पना सेजवाल र सह–सचिव प्रविण कुमार भण्डारीले गर्नुभएको थियो ।


















































Share:

No comments:

Post a Comment

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.