२०७९ फाल्गुन २४ गते
“सामाजिक न्याय र लैङ्गिक समानता : सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मूल नाराका साथ ११३ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवश विभिन्न कार्यक्रमको आयोजनाका साथ सम्पन्न भएको छ ।
जागृत साकोस शारदा नगरपालिका–४ साहुटोल सल्यानको आयोजनामा भएको उक्त कार्यक्रममा विगत वर्षझैं यस वर्ष पनि संस्थाका ६५ वर्ष माथिका जेष्ठ नागरिक महिला शेयर सदस्यहरु मध्ये ७ जना लाई सम्मान गरियो । स.नं. ५८ का सदस्य शारदा न.पा.– ४ लामाडाँडा निवासी टिका कुमारी डाँगी, स.नं.२९२ का सदस्य शारदा न.पा.–३ वयलडाँडा निवासी उत्तरा कुमारी विष्ट, स.नं. ४१९ का सदस्य शारदा न.पा.–४ पिपलनेटा निवासी विष्णु कुमारी वस्नेत, स.नं. ४८९ का सदस्य शारदा न.पा.–४ विष्टटोल निवासी कालि विष्ट, स.नं. ५१८ का सदस्य शारदा न.पा.–४ सेजवालटाकुरा निवासी अमृता कुमारी न्यौपाने, स.नं.६३० का सदस्य शारदा न.पा.–५ रानिकोट निवासी रत्नी थापा, र स.नं.६८४ का सदस्य शारदा न.पा–४ सुन्टाकुरा निवासी सावित्री थापालाई सम्मान गरिएको हो ।
कार्यक्रममा घैंटो फोड, तातो आलु, वेलुन फोड प्रतियोगिता सम्पन्न गरि विजयीहरुलाई पुरस्कार वितरण गरियो ।
तातो आलु महिला तर्फ कविता थापा पहिलो, मनिषा नेपाली दोश्रो र सपना केसी रानाले तेश्रो स्थान हाँसिल गर्नुभयो ।
तातो आलु वाल सदस्य तर्फ रेश्मा रोका पहिलो, विनिषा भण्डारी दोश्रो, संस्कार थापा तेश्रो र रनविर वोहराले चौथो स्थान प्राप्त गर्नुभयो ।
त्यस्तै वेलुन फोड तर्फ सुस्मा वुढाथोकी पहिलो, गिता थापा दोश्रो र मोनिका हमालले तेश्रो स्थान हाँसिल गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि शारदा नगरपालिका वडा नं ४ का वडाध्यक्ष तथा जागृत साकोसका निवर्तमान अध्यक्ष किशोर कुमार हमाल, संस्थाका सचिव कल्पना सेजवाल, सह–सचिव प्रविण कुमार भण्डारी, लेखा समिति संयोजक हेमराज थापाले आ–आफ्नो मन्तव्य सहित नारी दिवशको महत्व, ईतिहास, सचेतना लगाएतका विषयमा प्रष्ट पार्नुभयो ।
संस्थाको महिला सशक्तिकरण उप समितिका सदस्य सनिता शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सचिव कल्पना सेजवालले धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभयो भने स्वागत मन्तव्य संस्थाका महिला सशक्तिकरण उप–समितिका सदस्य शुशिला शर्माले गर्नुभयो र कार्यक्रमको संचालन संस्थाका कर्मचारी हिरा भण्डारीले गर्नुभयो ।
व्यानर सहितको र्याली साहुटोल वजार परिक्रमा गरि शारदा न.पा. ४ खलिगारे स्थित पशुपति सामुदायिक भवनको प्राङ्गणमा सम्पन्न गरिएको हो ।
No comments:
Post a Comment