''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


जागृत साकोसको २८ औं वार्षिक साधारण सभा

 

जागृत वचत तथा ऋण सहकारी संस्था शारदा न.पा. ४ साहुटोलको २८ औं वार्षिक साधारण सभा मिति २०८० कार्तिक १८ गते सम्पन्न भएको छ ।

संस्थाका का.वा. अध्यक्ष श्री ज्ञान प्रकाश शर्माको अध्यक्षता, यस संस्थाका निवर्तमान अध्यक्ष एवं शारदा नगरपालिकाका ४ नं वडा अध्यक्ष श्री किशोर कुमार हमालकोे प्रमुख आतिथ्यता तथा जिल्ला सहकारी संघ सल्यानका अध्यक्ष केशव सिंह श्रेष्ठको विशिष्ट आतिथ्यता तथा संस्थाका संचालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा समितिका पदाधिकारी सदस्यहरु, अन्य उप समितिका संयोजक एवं सदस्यहरुको अतिथ्यता रहेको थियो ।
संस्थाका करिव ६०० जना शेयर सदस्यहरु सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरि आ.व. २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित योजनाहरु सहितको प्रतिवेदन संस्थाका सचिव कल्पना सेजवालले प्रस्तुत गर्नुभयो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सूर्य वहादुर भण्डारीले प्रस्तुत गर्नु भएको थियो । लेखा सुपरिवेक्षण समितिको तर्फवाट लेखा संयोजक हेम राज थापाले प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
विगतका वर्षहरु झै यस वर्ष पनि संस्थाका जेष्ठ नागरिक शेयर सदस्यतर्फ उमेर जेष्ठताका आधारमा पुरुष तर्फ शेयर सदस्यता नं. ३४७ का सदस्य शारदा न.पा. ४ किमिरेचौर सल्यान निवासी खिम वहादुर वस्नेत र महिला तर्फ शेयर सदस्यता नं.५८ का सदस्य शारदा न.पा. ४ लामाडाँडा सल्यान निवासी टिका कुमारी डाँगी लाई सम्मान गरिएको छ ।
त्यसैगरि एस.ई.ई. २०७९ मा उत्कृष्ट जि.पि.ए. प्राप्त गर्ने निजि विद्यालय तर्फवाट यस संस्थाका वाल सदस्यता नं ३१६ का छात्रा सुविना विष्ट (ज्योतिपुञ्ज एकेडेमी शा.न.पा. ४), वाल स.नं. २६४ का छात्र सुशिल गौतम (एम.एम.एकेडेमी शा.न.पा. ३) र सामुदायिक विद्यालय तर्फवाट वाल स.नं २८ का छात्रा प्रमिशा वुढा (महेन्द्र रत्न मा.वि. शा.न.पा. ४) र छात्र तर्फ लोक राज रेग्मी (महेन्द्र रत्न मा.वि. शा.न.पा. ४) लाई प्रमाण पत्र सहित नगद प्रदान गरियो । संस्थाले संचालन गरेको सुमित्रा जागृत स्मृति छात्रवृत्ति अन्र्तगत महेन्द्र रत्न मा.वि शारदा न.पा ४ पिपलनेटा सल्यानमा कक्षा ८ मा उत्कृष्ट जिपिए प्राप्त गर्ने छात्रा वोनिका महर्जनलाई उक्त छात्रवृत्ति वापत नगद रु.११,५००।– (अक्षेरेपी एघार हजार पाँच सय मात्र) प्रदान गरियो ।
कर्मचारीको तर्फवाट हिरा भण्डारीलाई यो वर्ष उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ ।
त्यसैगरि संस्थाको शेयर सदस्यता लक्षित भन्दा वढि वृद्धि गर्ने संचालक समितिको तर्फवाट गोमा रावत शर्मा, कर्मचारी तर्फवाट हिरा भण्डारी र साधारण शेयर सदस्यको तर्फवाट रुपा भण्डारी, निम वहादुर वुढाथोकी, सम्मान भण्डारी, राज कुमार वुढाथोकी, ओम प्रकाश शर्मा, प्रदिप कुमार भण्डारी, रत्न कुमारी रेग्मी र विमला भण्डारीलाई सम्मान गरिएको छ ।
शारदा नगरपालिका वडा नं २ का प्रतिभाशाली (युवा वैज्ञानिक) विजय रानालाई थप हौसला र प्रोत्साहनका लागि नगद रु.१०,००५।– सहित सम्मान गरियो ।
कार्यक्रममा जागृत साकोसका जेष्ठ सदस्य कल्याणकारी मन्चका संयोजक भोलानाथ खड्गीले स्वागत सहितको मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव कल्पना सेजवाल र सह–सचिव प्रविण कुमार भण्डारीले गर्नुभएको थियो ।
साथै सोहि दिन मिति २०८० कार्तिक १७ गते राती ११ः४८ वजे जाजरकोटको वारेकोट गा.पा. रामिडाँडामा केन्द्र विन्दु भएको ६.४ म्याग्नेच्युटको भुकम्पमा परीे नलगाड न.पा.का उप–प्रमुख स्व.सरिता सिंह ठकुरी लगाएत दिवंगत हुनुभएका सम्पूर्णमा भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, उक्त घटनामा परि घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिनुका साथै, भुकम्प पिडितहरुको राहतको लागि यस संस्थाले राहत संकलन पेटिका राखि कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, संस्थाका पदाधिकारी तथा संस्थाका शेयर सदस्यहरुवाट जम्मा रु.११,७८०।– संकलन गरेको छ भने यस संस्थाको तर्फवाट रु.२५,०००।– थप गरि जम्मा रु.३६,७८०।– अक्षेरेपी छत्तिस हजार सात सय असी मात्र ।– भुकम्प प्रभावित क्षेत्रमा हस्तान्तरण गरिनेछ ।





























































Share:

No comments:

Post a Comment

Notice Flash

🔔 सूचना

Notice Image

जागृत बचत तथा ऋण सहकारी संस्था लि.

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.