मिति २०७९ चैत्र २०
“सहकारीको दिगोपन, सुशासन र नियमन” भन्ने मूल नाराका साथ ६६ औं राष्ट्रिय सहकारी दिवशको अवसरमा यस संस्थाले, संस्थाको संचालक, लेखा समिति तथा विभिन्न उप–समितिहरु विच अन्र्तक्रियात्मक कार्यक्रम, शुभकामना आदान प्रदान र नव वर्ष २०८० को भित्तेपात्रो लोकार्पण कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।संस्थाका का.व. अध्यक्ष श्री ज्ञान प्रकाश शर्माको अध्यक्षता तथा शारदा नगरपालिका वडा नं–४ का वडाध्यक्ष तथा यस संस्थाका निवर्तमान अध्यक्ष श्री किशोर कुमार हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, संस्थाका संचालक समिति, लेखा समिति तथा अन्य विभिन्न उप समितिका पदाधिकारी तथा संयोजकहरुले आ–आफ्नो मन्तव्य राख्नुभयो । संस्थाका कोषाध्यक्ष सुर्य वहादुर भण्डारीले स्वागत मन्तव्य राख्नुभयो भने संचालन संस्थाका सचिव कल्पना सेजवालले गर्नुभयो ।
नव वर्ष २०८० को भित्ते पात्रो संस्थाका शेयर सदस्यहरुलाई निःशुल्क वितरण गरिनेछ ।
No comments:
Post a Comment