जागृत साकोस शारदा न.पा. ४ साहुटोल सल्यानले भुकम्प प्रभावितहरुका लागि रु ४० हजार बराबरको राहत सामाग्री (ब्ल्याङ्केट) बितरण गरेको छ ।
संस्थाको तर्फबाट रु २५ हजार र बाकी रकम २०८० कार्तिक १८ गते यस संस्थाको २८ औ वार्षिक साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथी, संस्थाका का.वा. अध्यक्ष तथा पदाधिकारी र शेयर सदस्यहरुबाट संकलन गरि जम्मा रु. ४० हजार बराबर को सामाग्री भुकम्प प्रभावित क्षेत्र सल्यान जिल्लाको दार्मा गाउँपालिका वासिहरुका लागि बितरण गरिएको हो ।
यस जागृत साकोसका निवर्तमान अध्यक्ष किशोर कुमार हमाल, का.वा. अध्यक्ष ज्ञान प्रकाश शर्मा, सचीव कल्पना सेजवाल र सदस्य गोमा रावत शर्मा द्वारा दार्मा गा.पा. का उपाध्यक्ष जुना मल्ल लाई २०८० कार्तिक २४ गते उक्त राहत सामाग्री हस्तान्तरण गरि बितरण गरिएको छ ।
No comments:
Post a Comment