Beautiful landscape

''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


जागृत साकोस को २८ औं स्थापना दिवस / बार्षिक उत्सब कार्यक्रम सम्पन्न

 यस जागृत साकोस को २८ औं स्थापना दिवस / बार्षिक उत्सब बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ |

संस्था बिधिबत रुपमा दर्ता भएको माघ १७ गतेका दिन शारदा नगरपालिका ४ (साहिलाकम्द जाने बाटो ) बुढीगाडे स्थित खानेपानी धारा र प्रतिक्षालयमा सरसफाई गरिनुका साथै यस संस्थामा २०८० माघ ११ गते देखि माघ १७ गते सम्म ( सप्ताह ब्यापि ) नयाँ बनेका शेयर सदस्यहरु ३६ जना महिला र ९ जना पुरुष गरि जम्मा ४५ जना सदस्यहरुलाई सम्मान गरिएको छ |
संस्थाका का.वा. अध्यक्ष ज्ञान प्रकाश शर्माको अध्यक्षता, यस संस्थाका निबर्तमान अध्यक्ष किशोर कुमार हमालको प्रमुख आतिथ्यता तथा संस्थाका कोषाध्यक्ष सूर्य बहादुर भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमका अवसरमा प्रमुख अथिति, अध्यक्ष, लेखा समिति संयोजक हेमराज थापा, सल्लाहकार समितिका सदस्य माधब सिंह ठकुरी, शिक्षा उप समितिका सदस्य हुकुमराज आचार्य, जेष्ठ कल्याणकारी मंचका सदस्य लिला बहादुर बस्नेतले आ आफ्नो मन्तब राख्नु भयो भने कार्यक्रमको संचालन संस्थाका सचिब कल्पना सेजवाल गर्नुभएको थियो |























































Share:

No comments:

Post a Comment

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.