''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


६७ औ रास्ट्रीय सहकारी दिवस सम्पन्न

 “सहकारीमा सुशासन : प्रविधि र एकिकरण” भन्ने मुल नाराका साथ यस जागृत साकोस ले ६७ औँ राष्ट्रिय सहकारी दिवश, रक्तदान तथा २०८१ सालको भित्तेपात्रो लोकार्पण कार्यक्रमको आयोजना गरी मनाएको छ ।

मिति २०८० चैत्र २० गते सम्पन्न कार्यक्रममा शारदा न.पा ४ साहुटोल निवासी गणेश शर्मा, प्रमोद भट्टराई, शिशिर न्यौपाने, शारदा न.पा ५ रानिकोट सल्यान निवासी प्रेम कुमार शर्मा, शारदा रावत भण्डारी, शुशिला शर्मा , शारदा न.पा. ३ वडाखोला सल्यान निवासी अनिता थापा, सूर्य वहादुर भण्डारी र गोमा रावत शर्मा गरि जम्मा ९ जना दाताहरुले विभिन्न रक्त समुहको रक्तदान गर्नुभएको छ ।
संस्थाका का.वा. अध्यक्ष ज्ञान प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमा प्रमुख अतिथि यस संस्थाका निवर्तमान अध्यक्ष तथा शारदा न.पा. वडा नं ४ का वडाध्यक्ष किशोर कुमार हमाल रहनुभएको थियो भने विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य तथा सल्यान जिल्ला सभापति यौवन प्रकाश श्रेष्ठ, त्यसैगरी अतिथिहरु नेपाल रेडक्रस सोसाइटी सल्यान जिल्ला शाखा मन्त्री इन्द्र कुमार शर्मा, उप–मन्त्री जयराम सिंह, जागृत साकोसका संचालक तथा लेखा समितिका पदाधिकारीहरु, अन्य उपसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष सूर्य वहादुर भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव कल्पना सेजवालले गर्नुभयो ।























Share:

No comments:

Post a Comment

Notice Flash

🔔 सूचना

Notice Image

जागृत बचत तथा ऋण सहकारी संस्था लि.

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.