जागृत वचत तथा ऋण सहकारी संस्था शारदा न.पा. ४ साहुटोलको २९ औं वार्षिक साधारण सभा मिति २०८१ मंसिर १५ गते सम्पन्न भएको छ ।
का.वा. अध्यक्ष श्री ज्ञान प्रकाश शर्माको अध्यक्षता, यस संस्थाका निवर्तमान अध्यक्ष एवं शारदा नगरपालिकाका ४ नं वडा अध्यक्ष श्री किशोर कुमार हमालकोे विशिष्ट आतिथ्यता तथा संस्थाका संचालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा समितिका पदाधिकारी सदस्यहरु, अन्य उप समितिका संयोजक एवं सदस्यहरुको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका करिव ६५० जना शेयर सदस्यहरु सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, विशिष्ट अतिथि तथा अन्य अतिथिहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरि आ.व. ०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित योजनाहरु सहितको प्रतिवेदन संस्थाका सचिव कल्पना सेजवालले प्रस्तुत गर्नुभयो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सूर्य वहादुर भण्डारीले प्रस्तुत गर्नु भएको थियो । लेखा सुपरिवेक्षण समितिको तर्फवाट लेखा संयोजक हेम राज थापाले प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
विगतका वर्षहरु झै यस वर्ष पनि संस्थाका ज्येष्ठ नागरिक शेयर सदस्यतर्फ उमेर ज्येष्ठताका आधारमा पुरुष तर्फ शेयर सदस्यता नं. ७१६ का सदस्य शारदा न.पा. ४ सुनटाकुरा निवासी सोहनलाल थापा र महिला तर्फ शेयर सदस्यता नं.५२९ का सदस्य शारदा न.पा. ३ वडाखोला निवासी सावित्री देवी भण्डारी लाई सम्मान गरिएको छ ।
त्यसैगरि एस.ई.ई. २०८० मा उत्कृष्ट जि.पि.ए. प्राप्त गर्ने निजि विद्यालय तर्फवाट यस संस्थाका वाल सदस्यता नं २८३ का छात्रा सगुन विष्ट (गोरखा मा.वि. तुल्सीपुर दाङ) वाल स.नं. २२ का छात्र आर्दश भण्डारी (एम.एम.एकेडेमी शा.न.पा. ३) र सामुदायिक विद्यालय तर्फवाट वाल स.नं १०० का छात्रा निशा हमाल (पद्मोदय पव्लिक नमुना मा.वि. घोराही दाङ) लाई प्रमाण पत्र सहित नगद रु.१५००।– का दरले प्रदान गरियो । संस्थाले संचालन गरेको सुमित्रा जागृत स्मृति छात्रवृत्ति अन्र्तगत महेन्द्र रत्न मा.वि शारदा न.पा ४ पिपलनेटा सल्यानमा कक्षा ८ मा उत्कृष्ट जिपिए प्राप्त गर्ने छात्रा शारदा यरीलाई उक्त छात्रवृत्ति वापत नगद रु.११,५००।– (अक्षेरेपी एघार हजार पाँच सय मात्र) प्रदान गरियो ।
कार्यक्रममा संस्थाका संचालक समिति सदस्य तप्त वहादुर सेजवालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव कल्पना सेजवाल र सह–सचिव प्रविण कुमार भण्डारीले गर्नुभएको थियो ।
No comments:
Post a Comment