''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


६८ औँ राष्ट्रिय सहकारी दिवश सम्पन्न

 

मर्यादित सहकारी, समुन्नत समाज भन्ने मुल नाराका साथ मिति २०८१ चैत्र २० गते ६८ औँ राष्ट्रिय सहकारी दिवशको अवसरमा यस जागृत साकोसले स्वास्थ्य जाँच तथा २०८२ सालको भित्तेपात्रो लोकार्पण कार्यक्रमको आयोजना गरी मनाएको छ ।

सेजवालटाकुरा उप स्वास्थ्य चौकी शारदा न.पा. ४ पिपलनेटाको सहयोगमा यस संस्थाका समिति, उपसमितिका पदाधिकारी तथा सदस्यहरु र कर्मचारी गरि करिव ४० जनाको स्वास्थ्य जाँच  गरियो ।

यस संस्थाका अध्यक्ष ज्ञान प्रकाश शर्माको अध्यक्षता, यस संस्थाका निवर्तमान अध्यक्ष तथा शारदा न.पा. वडा नं ४ का वडाध्यक्ष किशोर कुमार हमाल प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा यस संस्थाका संचालक तथा लेखा समितिका पदाधिकारी, अन्य उपसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहको थियो ।

संस्थाका उपाध्यक्ष तप्त वहादुर सेजवालको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा लेखा समितिका संयोजक हेमराज थापा र सल्लाहकार समितिका सदस्य माधव सिंह ठकुरीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव कल्पना सेजवालले गर्नुभएको थियो ।
































Share:

No comments:

Post a Comment

Notice Flash

🔔 सूचना

Notice Image

जागृत बचत तथा ऋण सहकारी संस्था लि.

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.