Beautiful landscape

''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


अन्तर्राष्ट्रिय सहकारी दिवशको अवसरमा शैक्षिक सामग्री वितरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न ।


जागृत वचत तथा ऋण सहकारी संस्था शारदा न.पा. ४ साहुटोल सल्यानले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शारदा न.पा. ४ सुनटाकुरा स्थित श्री वुद्ध प्राथमिक विद्यालयका शिसु देखि कक्षा ५ सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै समुदायका सदस्यहरु विच सहकारि शिक्षा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
यस संस्थाका अध्यक्ष श्री ज्ञान प्रकाश शर्माको अध्यक्षता, यस संस्थाका निवर्तमान अध्यक्ष एवं शारदा नगरपालिकाका ४ नं वडा अध्यक्ष श्री किशोर कुमार हमालको प्रमुख आतिथ्यता तथा ४ नं. वडा कार्यालयका सदस्यहरु सुरलाल रोका र कृपा वि.क., संस्थाका संचालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा समितिका पदाधिकारी सदस्यहरु, वुद्ध प्रा.वि.का प्र.अ तथा शिक्षक शिक्षिकाहरु को अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका उपाध्यक्ष तप्त वहादुर सेजवालको स्वागत मन्तव्य वाट सुरु भएको उक्त कार्यक्रमको संचालन सचिव कल्पना सेजवालले गर्नुभएको थियो ।








Share:

No comments:

Post a Comment

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.