जागृत बचत तथा ॠण सहकारी संस्था लि . को ३० औ स्थापना दिवसको अबसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस बर्ष शारदा न.पा. ५ तल्लो मार्के सल्यान स्थित जनकल्याण आधारभुत विद्यालयका सहारा बिहिन ३५ जना बालबालिका हरुलाइ खाद्यान्न तथा शैक्षिक सामाग्री बितरण गरि स्थापना दिवस मनाईएको छ !
संस्थाका अध्यक्ष ज्ञान प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव कल्पना सेजवाल गर्नुभएको थियो !
विद्यालयका प्र. अ. बाट स्वागत एबम धन्यवाद र आभार प्रकट सहित आगामी दिनमा पनि यस्तै खालका सहयोगको अन्य निकायबाट पनि अपेक्षा र छात्राबासको प्रचार प्रसार गर्दिन अनुरोध गर्नु भएको थियो !
कार्यक्रममा विद्यालयका बि.ब्य.स. अध्यक्ष , सस्थाका पदाधिकारी , सदस्यहरुको सहभागिता रहेको थियो !
जय बचत ,जय सहकारी मिति २०८२/१०/१७ गते








No comments:
Post a Comment