''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


शैक्षिक सामग्री वितरण कार्यक्रम

मिति २०८३ साउन १४ गते

जागृत बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सिद्ध आधारभूत विद्यालयमा कक्षा १ देखि ४ सम्मका ४२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षता तथा संस्थाका निवर्तमान अध्यक्ष किशोरकुमार हमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञानप्रकाश शर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन जागृत साकोस सचिव कल्पना सेजवालले गर्नुभएको थियो।
शैक्षिक सामग्री पाएपछि ससाना विद्यार्थीहरू अत्यन्तै उत्साहित देखिएका थिए भने अभिभावकहरूले विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि सम्बन्धित निकायबाट निकट भविष्यमा न्यायोचित व्यवस्थापन हुने आशा अपेक्षा राखेका छन्। कार्यक्रममा स्थानीय समुदाय र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 














Share:

No comments:

Post a Comment

Notice Flash

🔔 सूचना

Notice Image

जागृत बचत तथा ऋण सहकारी संस्था लि.

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.