''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


जागृत साकोसको बार्षिक समिक्षा तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न |

 

मिति २०८३/०४/१५ गतेका दिन यस संस्थाको आयोजनामा यस संस्थाका संचालक , लेखा , सल्लाहकार समिति तथा अन्य सम्पूर्ण उपसमिति बिच बार्षिक समिक्षा तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रममा दोहोरो अन्तरक्रिया तथा ब्यापक रुपमा छलफल सल्लाह सुझाब समेत आदान प्रदान गरिएको थियो |
सोहि अवसरमा संस्थाका संस्थापक सदस्य तथा वर्तमान सल्लाहकार समितिका संयोजक भोलानाथ खड्गी र सल्लाहकार समितिका सदस्य हिम बहादुर खड्कालाई संस्थाको लागि गरेको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरियो |
संस्थाका अध्यक्ष ज्ञान प्रकाश शर्माको अध्यक्षता , निबर्तमान अध्यक्ष किशोर कुमार हमाल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन तथा प्रगति प्रस्तुतिकरण संस्थाका सचिव कल्पना सेजवालले गर्नुभएको थियो |














Share:

No comments:

Post a Comment

Notice Flash

🔔 सूचना

Notice Image

जागृत बचत तथा ऋण सहकारी संस्था लि.

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.