मिति परिवर्तन
शुभकामना तथा सरसफाई कार्यक्रम
विजयादशमी तथा शुभ-दिपावली २०८२ को पावन अवसरमा संस्थाद्वारा आयोजित शुभकामना आदानप्रदान तथा सरसफाई कार्यक्रम मिति २०८२.०६.१२
अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
आज मिति २०८२/०४/१५ गतेका दिन यस संस्थाको आयोजनामा संचालक , लेखा , सल्लाहकार समिति तथा अन्य सम्पूर्ण उपसमिति बीच बार्षिक समिक्षा तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ | संस्थाका अध्यक्ष ज्ञान प्रकाश शर्माको अध्यक्षता , निबर्तमान अध्यक्ष किशोर कुमार हमाल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष तप्त बहादुर सेजवालले गर्नु भएको थियो भने कार्यक्रमको संचालन तथा प्रगति प्रस्तुतिकरण सस्थाका सचिव कल्पना सेजवालले गर्नुभएको थियो | कार्यक्रममा दोहोरो अन्तर्कृया तथा ब्यापक रुपमा छलफल सल्लाह सुझाब समेत आदान प्रदान गरिएको थियो
वृक्षारोपण कार्यक्रम सम्पन्न
शारदा नगरपालिका वडा नं ४ को कार्यालय र जागृत साकोस शारदा न.पा. ४ साहुटोल सल्यानको आयोजनामा शारदा नगरपालिका वडा नं ४ पिपलनेटा जाने ठाडो बाटोको छेउमा ९ वटा गुलमोहर का बिरुवा हरु रोप्दै तथा तारवार गर्दै , वडा नं ४ का अध्यक्ष , जागृत साकोसका पदाधिकारी, सदस्य तथा कर्मचारीहरु | मिति २०८२/०४/०१
अन्तर्राष्ट्रिय सहकारी दिवशको अवसरमा शैक्षिक सामग्री वितरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न ।
जागृत वचत तथा ऋण सहकारी संस्था शारदा न.पा. ४ साहुटोल सल्यानले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शारदा न.पा. ४ सुनटाकुरा स्थित श्री वुद्ध प्राथमिक विद्यालयका शिसु देखि कक्षा ५ सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै समुदायका सदस्यहरु विच सहकारि शिक्षा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
यस संस्थाका अध्यक्ष श्री ज्ञान प्रकाश शर्माको अध्यक्षता, यस संस्थाका निवर्तमान अध्यक्ष एवं शारदा नगरपालिकाका ४ नं वडा अध्यक्ष श्री किशोर कुमार हमालको प्रमुख आतिथ्यता तथा ४ नं. वडा कार्यालयका सदस्यहरु सुरलाल रोका र कृपा वि.क., संस्थाका संचालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा समितिका पदाधिकारी सदस्यहरु, वुद्ध प्रा.वि.का प्र.अ तथा शिक्षक शिक्षिकाहरु को अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका उपाध्यक्ष तप्त वहादुर सेजवालको स्वागत मन्तव्य वाट सुरु भएको उक्त कार्यक्रमको संचालन सचिव कल्पना सेजवालले गर्नुभएको थियो ।






























































